कोरोना संक्रमित युवकको गुनासो-‘चेकजाँचको त कुरै छैन, चिकित्सक हेर्न सम्म आउँदैनन्’



१५ चैत्र २०७६, काठमाडौं

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवकले आफूलाई पूर्ण रुपमा बेवास्ता गरिएको गुनासो गरेका छन् ।

मंगलबार अस्पतालमा भर्ना भएका कैलालीका ३४ वर्षीय पुरुषलाई कोरोनो संक्रमण भएको पुष्टि भएको थियो । शुक्रबार साँझ पोजेटिभ रिपोर्ट आएपछि उनलाई अस्पतालले छुट्टै आइसोलसेन वेडमा राखेको छ ।

तर, आफूलाई चिकित्सकले चेकजाँच पनि नगरेको र औषधि पनि नदिएको आरोप लगाएका छन् । उनले आफ्नो रिपोर्ट पोजेटिभ आएको समेत सहज रुपमा थाहा पाउन नसकेको समेत गुनासो गरेका छन् ।

धनगढीमा एक जनामा कोरोना संक्रमण देखिएको खबर सञ्चार माध्यमहरुमा आएपछि आफूले डाक्टरलाई फोन गरेर सोधेपछि मात्रै चिकित्सकहरुले आफ्नो अवस्थाबारे जानकारी दिएको उनले बताएका छन् ।

कोरोना भाइरसबाट संक्रमण भएकाहरुको सम्पूर्ण उपचारको जिम्मा सरकारले लिने भनिएको छ । तर, आफूले भने अहिलेम्म खाना र तातोपानीसमेत घरबाट ल्याएर खाइरहेको युवकको भनाइ छ ।

अब, परिवारका सबै सदस्य क्वारेन्टाइनमा बसेपछि कसले खाना ल्याइदिन्छ भन्ने चिन्ताले आफूलाई सताइरहेको उनको दुखेसो छ ।

ती युवकलाई कारोना संक्रमण भएको पुष्टि भएपछि परिवारका सबै सदस्यलाई रंगशालामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ र नमुना संकलनको काम भइरहेको छ
|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्