१५ चैत्र २०७६, काठमाडौं
नेपाल वायुसेवा निगमको जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेका छ ।
शनिबार (आज) दिउँसो सवा १२ बजे दुर्घटना भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एव प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहका अनुसार काठमाडौंबाट नेपालगञ्ज गएको नेपाल वायुसेवा निगमको जहाज विमानस्थलमा चिप्लिएर दुर्घटनमा परेको छ ।
विमानमा सवार चालकदलसहितको पाँच जना भने सकुशल रहेका छन् । काठमाडौंबाट कोरोना भाइरस परीक्षणको मेडिकल सामाग्री लिएर आएको सो जहाज दुर्घटना भएको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
|तस्वीर सौजन्यः रेडियो एनआरएन|





