कोरोनाका कारण बाबुछोरीको मृत्यु, मलामी जाने कोही मानेनन्



१५ चैत्र २०७६, काठमाडौं

बेलायतको हिथ्रो विमानस्थलमा कार्यरत बुबा र एक अस्पतालमा फार्मसिस्टका कार्यरत छोरीको कोभिड १९ (कोरोना भाइरस)बाट २४ घण्टाभित्रै मृत्यु भएको छ ।

हिथ्रो विमानस्थलमा कार्यरत एक ६१ वर्षीय अध्यागमन अधिकारी सुधीर शर्मा र उनकी छोरी ३३ वर्षीया पूजा शर्माको कोरोनाबाट एक दिनको फरकमा ज्यान गएको हो ।

हिथ्रोको टर्मिनल तीनमा कार्यरत शर्माको गत बुधवार र फार्मसिस्ट छोरी पूजाको बिहिबार निधन भएको थियो । शर्मा हिथ्रो विमानस्थलमा प्रिय अध्यागमन अधिकारीका रुपमा परिचित थिए ।

जनवरी पहिलो सातादेखि हिथ्रो विमानस्थलमा काम थालेका शर्मालाई कोरोना कहाँबाट लाग्यो भने पुष्टि भएको छैन । शर्माको अन्त्येष्टिमा कोही पनि मलामी जान मानेनन् ।

बेलायतको स्थिति पनि भयावह बन्दै गएको छ । पश्चिमी लन्डनको होन्स्लोका सुधीर अन्य रोगका पनि पीडित भएको बताइएको छ । बेलायतको चर्चित पत्रिका ‘द सन’का अनुसार उनीहरु बेलायती नागरिक नै थिए ।

तर उनीहरुको मुलथलो खुलाइएको छैन । होन्स्लो क्षेत्रमा करिब तीन हजार नेपाली परिवार बसोबास गर्दै आएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्