कोरोना संक्रमित चौंथो व्यक्ति कैलालीको रहेको पुष्टि



१४ चैत्र २०७६, काठमाडौं

धनगढीमा कोरोना संक्रमित पुष्टि भएका चौंथो व्यक्ति कैलालीको रहेको पुष्टि भएको छ ।

उनी यूएईबाट नेपाल आएको भएपनि कुन फ्लाइटमा र कहिले आए भन्नेबारे खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ती बिरामी गत ११ चैत्रमा अस्पताल भर्ना भएको भएपनि थप विवरण संकलन भइरहेको कार्यालयले जनाएको छ ।
⇒ धनगढीमा कोरोना संक्रमित चौंथो व्यक्ति भेटिए
यस्तै काठमाडौंमा भएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित व्यक्ति ३४ वर्षका पुरुष रहेको र गत ११ चैत्रमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएको बताए पनि थप विवरण संकलनको क्रममा रहेको बताइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार नै गरिएको परीक्षणमा ती पुरूषमा कोभिड १९ पोजिटिभ भेटिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार पुगेको छ ।

|तस्वीरमा बिरामी| फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्