युवा मोटिभेस्नल स्पिकर दत्त ग्लोबल पिस एम्बेसडरमा मनोनित



१४ चैत २०७६, काठमाडौं

मोटिभेस्नल स्पिकिङ्गको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरिरसकेका युवा मोतिभेस्नल स्पीकर शिवांग दत्त ग्लोबल पिस एम्बेसडरमा मनोनित भएका छन् ।

ग्लोबल पिस चेन नामक अन्तर्राष्ट्रिय संस्थाद्वारा दत्त “ग्लोबल पिस एम्बेसडर” जस्ता गरिमामय पदमा २ वर्षका लागि नेपालबाट मनोनित भएका छन् । विश्वमा वार्ताको माध्यमद्वारा शान्ति स्थापना गर्ने लक्ष्य रहेका यस अन्तर्राष्ट्रिय संस्थाले विश्वको हरेक देशबाट सामजिक क्षेत्रमा आफ्नो महत्वपूर्ण योगदान दिएका युवाहरु मध्ये छनोट गरि केहि सक्रिय युवाहरुलाई  एम्बेसडरको रुपमा मनोनित गर्ने गरेको छ ।

दत्तले अब पिस एम्बेसडरको रुपमा संयुक्त राष्ट्र संघ (UN), न्युयोर्क मा बिभिन्न सम्मेलनहरुको प्रतिनिधि बनेर तथा संसारको बिभिन्न ठाउँमा हुने राष्ट्रिय शान्ति सम्मेलनमा वक्ताको रुपमा भाग लिन पाउनेछन् ।

इन्जिनियरिङका विद्यार्थी रहेका १९ वर्षीय दत्त काठमाडौंको प्रतिष्ठित संस्थाको रुपमा स्थापित Beyond Boundaries का सल्लाहकार, STOP VIOLENCE : A CHANGE FOR A CHANGE प्रोजेक्टको प्रमुख, चन्द्रशेखरलाल मेमोरियल ट्रष्टका सल्लाहकार पनि हुन् । २०१९ मा उनी अन्तर्राष्ट्रिय युवा फोरमद्वारा शान्ति राजदुतको रुपमा समेत मनोनित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्