डिजिटल लर्निङ्ग बारे प्याब्सन र मिडासको संयुक्त प्रेस विज्ञप्ती



१३ चैत २०७६, काठमाडौं

नेपाल सहित विश्वभरमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको अवस्थामा ७२ लाख स्कूले वालवालिकाहरुको घरभित्रको बसाइलाई रमाइलो बनाउँदै कक्षा अनुसारको सिकाइलाई निरन्तरता दिन सकून भन्ने अभिप्रायले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र मिडास एजुकेशन प्रालिले नर्सरी देखि कक्षा १० सम्मका सबै बालबालिकाहरुका लागि MiDas eCLASS App एक महिनाको लागि निःशुल्क रूपमा प्रदान गर्ने सहमति गरेको छ ।

बालबालिकाको सिकाईको अवसर जुनसुकै अवस्थामा पनि नरोकियोस् भन्ने कुरामा प्याव्सन र मिडास दुवै सदैव सचेत रहेका हुँदा यस सन्दर्भमा डिजिटल लर्निङ्गको सान्दर्भिक एकपटक फेरी पुष्टि भएको छ ।

कोभिड–१९ को उत्पति भएको चीन लगायत प्रथम विश्वका धेरै मुलुकका बालबालिका आज भौतिक रुपमा विद्यालय जान नसके पनि इ लर्निङ्गबाट सिकाई कार्यकलापमा जोडिइरहेका
छन् ।

प्याब्सन र मिडासको संयुक्त प्रेस विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्