नेपालमा थप एक व्यक्तिमा कोरोना संक्रमण



१२ चैत २०७६, काठमाडौं

नेपालमा थप एक ब्यक्ति कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले उक्त व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरेका हुन् ।

अस्पतालले कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति को र कहाँका हुन भन्ने विवरण खुलाएको छैन ।

हालसम्म केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको लागि ६८७ जनाको नमुना परीक्षण गरे पनि ६८४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । योसँगै आइसोलेसनमा राखिएको कोरोना संक्रमितको संख्या दुइ पुगेको छ भने एक जना संक्रमित उपचारपछि निको भई घर फर्कि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्