
२७ फाल्गुन २०७६, काठमाडौं
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौंको सातौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित समितीले आयोजना गरेको पदस्थापन तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।
एन प्याब्सनका केन्द्रिय महासचिव सुवास न्यौपानेका प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एन प्याब्सनका केन्द्रिय निवर्तमान अध्यक्ष कर्ण बहादुर शाही, निवर्तमान बरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, एन प्याब्सन प्रदेश कमिटीका पदाधिकारी, एन प्याब्सन काठमाडौंका निवर्तमान अध्यक्ष विष्णु पराजुली लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एन प्याब्सन काठमाडौंका नव निर्वाचित अध्यक्ष तथा कार्यक्रमका सभापती खडक बस्नेतले आफ्नो ३ वर्षे कार्यकालमा गर्ने मुख्य योजनाका बारेमा समेत जानकारी गराए । संस्थागत विद्यालयको हक, हित तथा शिक्षाकर्मीको पहुँचमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै सातौँ जिल्ला अधिवेशनलाई सफल बनाउँन भुमिका निर्वाह गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरेका थिए ।
सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित एन प्याब्सन काठमाडौंका पदाधिकारीः
अध्यक्षः खडक बहादुर बस्नेत
उपाध्यक्षः श्याम योञ्जन
हिक्मत दाहाल
होम बहादुर अधिकारी
सचिवः अमृत खड्का
कोषाध्यक्षः गेन्द्र लामा
सह–सचिवः समिर वास्तोला
राम बाबू सेडाईं
सह–कोषाध्यक्षः प्रेम कुमार भुजेल
बिनय श्रेष्ठ सह
सदस्यहरुः
शक्तिराज नेपाल
राजन श्रेस्ठ
भोज कुमार धमला
सम्झना लामा
माधब प्रसाद अधिकारि
टंक बहादुर थापा
उत्तम वाग्ले
बिनोद बाबु ढकाल
पबित्र थापा
प्राप्ती मल्ल राना
निर्मल पोख्रेल
अरुण प्रधान
दिनेश कुमार उप्रेती
फाल्गुन ६ गते हायात होटलमा सम्पन्न एन प्याब्सन काठमाडौंको सातौ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई प्रमाण–पत्र वितरण गरिएको थियो । सो अवसरमा एन प्याब्सन काठमाडौंका निवर्तमान अध्यक्ष विष्णु पराजुली र निर्वाचन आयुक्तको भुमिका निर्वाह गर्ने एन प्याब्सन काठमाडौंका पूर्व अध्यक्ष सिपी आचार्यलाई सम्मान गरिएको सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले जनाएका छन् ।





