
२४ फागुन २०७६, काठमाडौं
बालउद्धार माविको निःशुल्क आयुर्वेद विशेषज्ञ शिविरमा बूढानीलकण्ठ नगरपालिका वडा नं १०, ११, १२ र अन्य स्थानीयहरु सहित २५० जना लाभान्वित भएका छन् ।
बागमती अञ्चल आयुर्वेद औषधालय काठमाडौंले आयोजना गरेको निःशुल्क शिविरमा वाथ, दम, छालारोग, ग्यास्टिक, बालरोग, स्त्रिरोग लगायतका विभिन्न रोग देखापरेका २५० जना भन्दा बढि लाभान्वित भएको आयुर्वेद औषधालयका कविराज निरीक्षक श्रीराम पराजुलीले बताएका छन् ।

निःशुल्क आयुर्वेद विशेषज्ञ शिविरमा बृद्धबृद्धालाई तागत दिने औषधी वितरण देखि नोभल कोरोना भाईरस सम्बन्धि जनचेतनामूलक जानकारी समेत गराईएको थियो ।
कार्यक्रममा बूढानीलकण्ठ नगरप्रमुख उद्धव प्रसाद खरेल, वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, १२ का शम्भु प्रसाद भट्टराई, बालउद्धारका प्रधानाध्यापक विनोद पण्डित लगायत अन्य जनप्रतिनिधि र स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।





