जोन एकेडेमीको निःशुल्क दन्त शिविरमा ६ सय जना लाभान्वित



२३ फागुन २०७६, काठमाडौं

जोन एकेडेमी बौद्धको आयोजनामा भएको निःशुल्क दन्त शिविर कार्यक्रममा ६ सय जना लाभान्वित भएका छन् ।

ओम समाज डेन्टल हस्पिटल चाबहिलको सहयोगमा भएको एक दिने निःशुल्क दन्त शिविर कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, अभिभावक, शिक्षक शिक्षिका, अन्य बालबालिका, स्थानीयहरु लगायतले सेवा प्राप्त गरेका हुन् ।

शिविरमा दन्तरोग कसरी लाग्छ, रोकथामका उपाय के हुन्, यसबाट बच्न के गर्नुपर्छ, कसरी सुरक्षित रहने लगायतका बारेमा जानकारी दिईएको थियो । साथै बालबालिकालाई ब्रस गर्ने सहि तरिका बारे समेत जानकारी दिईएको एकेडेमीका प्राचार्य भोज कुमार धमलाले परिवर्तन खबरलाई जानकारी गराएका छन् ।

जोन एकेडेमीका प्राचार्य धमलाले विद्यार्थीहरुलाई सानै कक्षाबाट यसको समस्या कसरी आउछ र कसरी समाधान गर्ने लगायत जानकारी गराउँदा जीवनोपयोगि हुने समेत बताए । उनले साना विद्यार्थीहरुलाई दन्त रोगबाट बच्न सिकाउँदा भविष्यसम्म त्यसबारे बच्न सक्ने समेत विश्वास व्यक्त गरे ।

धेरैजसो बालबालिकामा दात भन्ने बित्तिकै डरत्रास उत्पन्न हुने र दात निकाल्ने औजार देखेपछी आत्तिने कराउने गर्छन् त्यस किसिमका समस्या नआवस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताईएको छ । यतिमात्र नभएर सामान्य मानिसमा पनि दात मुखको समस्याबारे धेरै जानकारी छैन, त्यसैले सबैमा जानकारी होस् भन्ने उद्देश्यका साथ विद्यालयले सिविर अयोजना गरेको हो ।

शिविरमा ओम समाज डेन्टल हस्पिटलका दन्त्य चिकित्सकहरु डा.सुजना अधिकारी, सिजन मर्हजन, मनिसा बस्नेत, सविना निरौला लगायतको सहभागिता रहेको थियो । त्यसै अवसरमा एक अभिभावकले निःशुल्क दन्त शिविरबारे हरेक महिना वा तीन महिनामा जनचेतना फैलाउन अवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्