कोरोना भय : प्रहरीले श्वास सुँघेर मापसे नजाँच्ने



२१ फागुन २०७६, काठमाडौं

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ड्युटीमा खटिने प्रहरीलाई श्वास सुँघेर मापसे नजाँच्न सुझाव दिएको छ।

संसारभर महामारीका रुपमा फैलिएको कोरोना भइरसको संक्रमण बढेकोले जोखिमबाट जोगिन मापसे परीक्षण गर्दा ब्रेथलाइजर मात्र प्रयोग गर्न सुझाव दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

“निर्देशन त भन्न मिल्दैन। तर, हामीले स्टाफहरूलाई मुखामुख गरेर मापसे नजाँच्नुस भनेका छौं।” महाशाखाले भनेको छ।

महाशाखासगँ हाल ७२ ओटा ब्रेथलाइजर संचालनमा रहेको र थप २० वोटाको लागि प्रकृया अघि बढाउन लागिएको उनले बताए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्