त्रिज्योति माविको २५ औं अविभावक दिवस सम्पन्न (फोटो फिचर)



१८ फागुन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपलिका वडा नं १२ स्थित रहेको त्रिज्योति माविले २५ औं अविभावक दिवस सम्पन्न गरेको छ ।

त्रिज्योति माविको २५ औं अविभावक दिवस कार्यक्रमका प्रमुख अतिथि सांसद गगन कुमार थापा, प्रदेशसभा सदस्य कुसुम कुमार कार्की, प्रदेशसभा सदस्य न्युछेनारायण श्रेष्ठ, बूढानीलकण्ठ नगरपालिका वडा नं १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई लगायतको आतिथ्यतामा उद्घाटन भएको थियो ।

कार्यक्रममा सांसद गगन कुमार थापाले विद्यार्थीलाई शिक्षाबाट वञ्चित गर्न नहुने बताउदै विद्यार्थीलाई पढाईप्रति प्रोत्साहन समेत गरेका थिए । विद्यार्थीलाई विद्यालयले किताबी शिक्षामात्र दिएर नहुने बताउदै अन्य शिक्षा समेत आवश्यक पर्ने धारणा व्यक्त गरे ।

उक्त समारोहमा त्रि–ज्योति साहित्य सेवा सम्मान प्रा. विष्णुप्रसाद पन्त, त्रि–ज्योति समाज सेवा सम्मान रामकृष्ण केसी, त्रि–ज्योति पूर्व विद्यार्थी सेवा सम्मान राजकुमार केसी, त्रि–ज्योति समर्पण सेवा सम्मान बसन्त कार्की, त्रि–ज्योति जनसेवा सम्मान सांसद गगनकुमार थापा र त्रि–ज्योति जनसेवा सम्मान बूनपा १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईलाई समर्पण गरिएको थियो । त्रि–ज्योति माविको स्थापना गर्ने स्वर्गीय पर्शुराम पोखरेलका पिता टंकनाथ पोखरेल र माता बदनकुमारी पोखरेललाई दोसल्ला, सम्मान–पत्र र नगद सहित त्रि–ज्योति स्मृति सेवा सम्मान अर्पण गरिएको थियो ।

सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरु ठाकुर प्रसाद खकुरेल, मिठाराम अधिकारी, प्रकाश खड्का, महालक्ष्मी अधिकारी, विन्दा गौतम, संगम गहतराज, उद्धवप्रसाद भट्टराई, भानु अधिकारी, नवराज भट्टराई, प्रयागराज भट्टराई, ज्ञानु राणा लगायतका विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अभिभावकहरु मध्येका ज्येष्ठ पसी शेर्पालाई त्रि–ज्योति ज्येष्ठ अभिभावक सम्मान समेत अर्पण गरिएको थियो ।

विद्यालयका प्राचार्य गणेश कुमार मिश्रले त्रिज्योति माविले अन्य विद्यालयको भन्दा फरक र प्रयोगात्मक ज्ञान दिदै आएको जानकारी गराए । उनले विद्यार्थीको मनोभावना अनुसारको शिक्षा दिन आवश्यक रहेको समेत बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव दंगालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य गणेश कुमार मिश्रले त्रि–ज्योति मावि प्रयोगात्मक, व्यवहारिक, नैतिक र समयसापेक्ष शिक्षा दिन तत्पर रहेको र सोको लागि विद्यालयले विभिन्न भौतिक पूर्वाधारमा चासो दिएको कुरा राखे ।

विगतमा गरिएका विविध रचनात्मक, सकारात्मक एवम् उपलब्धीपूर्ण कार्यक्रमहरुले बाल मस्तिष्कमा गहिरो प्रभाव पारेको र आगामी दिनहरुमा पनि किताबी ज्ञानका अतिरिक्त प्राविधिक शिक्षामा पनि विद्यालय तत्पर रहेको धारणा प्राचार्य मिश्रले राखे ।

बालबालिका भोलिका सम्भावना रहेकाले ‘आजको लगानी भोलिको प्रतिफल’ भन्ने कुरामा सबै सचेत रहन आग्रह गर्दै २६ औं बर्ष प्रवेश सँगै त्रि–ज्योति मावि अझ व्यवस्थित हुँदै यस क्षेत्रको सफल शैक्षिक संस्थाको अग्र पंक्तिमा रहनका लागि सम्पूर्ण अभिभावक, शिक्षासेवीहरुको सहयोगको लागि पनि आग्रह गरे ।

लामो इतिहास सक्रिय वर्तमान, चरित्रवान जनशक्ति निर्माणको अभियानका साथमा घरघरमा त्रि–ज्योति, मनमनमा त्रि–ज्योति का माध्यमबाट शैक्षिक गुणस्तर कायम गर्न तत्पर रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्