राष्ट्रिय गीत-नृत्य प्रतियोगितामा प्रशान्ति प्रथम



१७ फागुन २०७६, काठमाडौं

निब्स राष्ट्रिय गीत-नृत्य प्रतियोगितामा प्रशान्ति एकेडेमीले प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यसैगरी दोस्रो स्थान रिपु मर्दिनी सैनिक स्कुल, तेस्रो स्थान ओडिसी इन्टरनेशनल एकेडेमी र सान्त्वना पायोनियर स्कुल हुन सफल भएका छन् ।

त्यसैगरी उत्कृष्ट भेषभुषा तर्फ इनसाइड भिजन स्कुल, उत्कृष्ट नृत्य निर्देशक तर्फ मालती राना(प्रशान्ती एकेडेमी), उत्कृष्ट नृत्य महिला तर्फ दुर्गा तामाङ (प्रशान्ती एकेडेमी), उत्कृष्ट नृत्य पुरुष तर्फ शिव खड्का (पायोनियर पब्लिक स्कुल) भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बूढनीलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेलले जो नाच्दछ त्यो सबै भन्दा बढि बाच्दछ, जो गाउछ त्यो सबै भन्दा बढि सन्तुष्टि हुन्छ भन्दै नाच मानव जीवनको लागि महत्वपूर्ण रहेको धारणा व्यत्त गरेका थिए । नृत्य तथा गायनले मानिसलाई फुर्तिलो तन्दुरुस्त बनाउने बताउँदै नगरप्रमुख खरेलले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेणु महतोको अध्यक्षता, स्वागत मन्तव्य विद्यालयका प्राध्यापक डिएन महत्तोले राखेको कार्यक्रममा विभिन्न विद्यालयका प्राध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजीवी, संचारकर्मी, शिक्षासेवि, निर्णयकलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्