बाल संजालको विचार प्रस्तुति प्रतिस्पर्धा : रिलायन्स प्रथम स्थानमा



०२ फागुन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० बाल संजालको विचार प्रस्तुति कार्यक्रममा रिलायन्स पब्लिक स्कूलले प्रथम स्थान हाँसिल गरेको छ ।

विचार प्रस्तुति प्रतिस्पर्धाको अन्तिम चरणमा ६ वटा विद्यालयबीच प्रतिस्पर्धा भएको थियो जसमा प्रथम रिलायन्स पब्लिक स्कूल टिम ए, द्वितिय युत्सुव स्कूल र तृतीय रिलायन्स पब्लिक स्कूल टिम बि ले सफलता हासिल गरेका थिए । कार्यक्रममा भ्याली भित्रका १६ वटा विद्यालयको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

बाल संजालको विचार प्रस्तुति प्रतिस्पर्धामा कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले बालबालिकाले गरेको कार्यक्रमको प्रशंसा गर्दै यस किसिमका कार्यक्रम गर्न आवश्यक रहेको बताएका थिए । बालबालिकाको यो पहिलो प्रयास राम्रो भएको र आगामी दिनमा बाल कार्यक्रम गर्न आफू प्रतिवद्ध रहेको जनाए ।

राष्ट्रिय बाल अधिकार परिषद्का उपसचिव कृष्णप्रसाद भूषालले सङ्घर्ष गर्दै अगाडी बढ्न बालबालिकालाई उत्प्रेरित गरेका थिए । बालबालिकाको हक हितका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका खेलेकोमा खुशी व्यक्त गरे । भूषालले परिषद्ले राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका सम्बन्धि आवश्यक ऐन, कानुन र नीति नियम बनाउने समेत जानकारी गराए ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईले बालबालिका सम्बन्धि यस किसिमको पहिलो कार्यक्रम नेपालमै भएको दावी गरे । अध्यक्ष भट्टराईले बालबालिकामा मात्र नभएर आफ्नो वडामा युवा, महिला र ज्यष्ठ नागरिक लक्षित कार्यक्रम गर्दै आएको जानकारी गराए ।

काठमाडौं जिल्ला बाल क्लबकी अध्यक्ष नेहा गुरुङले बालबालिका क्षेत्रमा काम गर्न पाउदा आफू खुसी रहेको जानकारी गारउँदै स्थानीय तहको सहयोग प्रति विषेश धन्यवाद व्यक्त गरिन् । अध्यक्ष गुरुङले बूढानीलकण्ठमा मात्र नभएर यस किसिमका कार्यक्रमलाई जिल्लाव्यापी रुपमा संचालन गर्न आफू अगाडी बढेको बताईन् ।

रिलायन्स पब्लिक स्कूलका प्रधानाध्यापक बसन्त लामिछानेले यस किसिमका कार्यक्रम गर्दा विद्यार्थीको क्षमता विकासमा थप सहयोग पुग्ने उनले धारणा व्यक्त गरे । छोटो समयमै वडाको नेतृत्वमा बाल संजालले यस किसिमको कार्यक्रम गर्नु हाम्रो गौरवको कुरा रहेको बताए ।

विचार प्रस्तुति प्रतिस्पर्धाको निर्णायक सारदा सिवाकोटी, राधा पोखरेल र प्रविन सिलवाल रहेका थिए । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० बाल संजालकी अध्यक्ष श्रेया श्री भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्