दीक्षालयको अभिभावक दिवस सम्पन्न



२५ माघ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं ११ स्थित दीक्षालय नेपालको अभिभावक दिवस भव्यताकासाथ सम्पन्न भएको छ ।

बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा दीक्षालय नेपालले आफ्नो अभिभावक दिवस सम्पन्न गरेको हो ।

प्रमुख अतिथि नगर प्रमुख खरेलले कार्यक्रमको सम्बोधन गर्दै मानिसलाई दिक्षित र शिक्षित बनाउन दिक्षालयले महत्वपूर्ण भूमिका खेलेको बताए । साना नानिबाबूलाई असल नागरिक बनाउन शैक्षिक संस्थाको महत्वपूर्ण भूमिका हुने बताउदै नगर प्रमुख खरेलले शिक्षामा लगानीले मात्र गुणस्तरिय शिक्षा पाउन नसकिने धारणा व्यक्त गरेका थिए ।

विद्यार्थीहरुको वार्षिक प्रगति विवरण, विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने र आफ्ना विद्यार्थीहरुको शैक्षिक प्रगतिबारे अभिभावकहरुलाई छर्लङ्गपार्ने उद्देश्यले अभिभावक दिवसको अयोजना गरिएको दीक्षालय नेपालका प्रबन्ध निर्देशक चित्रकुमार दाहालले बताए ।

“शिक्षा दियौ ज्ञान दिएनौ, पढाउने काम गरियो सिकाउने काम गरिएन, तर हामी ज्ञानबर्धक शिक्षा दिएर व्यवहारमा लागु गराउने उद्देश्यले शिक्षा प्रदान गरिरहेका छौ, प्रबन्ध निर्देशक दाहालले भने, आगामी दिनमा शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने योजना छ ।

विद्यालयका प्रधानाध्यापक गोविन्द चौधरीले विद्यार्थीको चौतर्फी विकास गर्न प्रोजेकट वर्क, सामुहिक छलफल, अतिरिक्त क्रियाकलाप, शिक्षण सिकाई क्रियाकलाप लगायतका कार्यक्रमलाई व्यवस्थित गर्दै विद्यार्थीको नैतिक, शैक्षिक, शारिरिक, मानसिक विकासमा बृद्धि गराउने उद्देश्य रहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्