यी गुण भएका युवतीहरु भाग्यमानी हुन्छन्



२१ माघ २०७६, काठमाडौं

हरेक मान्छेमा छुट्टा–छुट्टै गुण अनि स्वभाव हुन्छन्। जसले गर्दा हरेक मान्छेको भाग्य पनि फरक–फरक हुन्छ।

समुद्रशास्त्रमा शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि व्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे वर्णन गरिएको छ।

जसकै आधारमा कुनै व्यक्तिको भविष्य हेरिन्छ।

यी गुण भएका युवतीहरु सार्है भाग्यमानी हुन्छन्।

-समुन्द्रशास्त्रका अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन्। त्यस्तै, आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन्।

-कालो कपाल भएका र आगाडितिर झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुद्र शास्त्रमा उल्लेख छ। चिल्लो, कोमल र मुलायम कपाल भएका युवतीलाई उत्तम मानिएको छ।

-गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन्।

-जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ।

-सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती पनि भाग्यवती मानिन्छन्।

-आँखीभौं जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ। आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ।

प्रतिक्रिया दिनुहोस्