ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ



२० माघ २०७६, काठमाडौं

नेपाल ड्राईभिङ ट्रायल सेन्टर सुकेधाराबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जुम्लाका श्रीप्रसाद दाहालको ट्रायल परीक्षा दिन आएका एक युवालाई ट्रायलसेन्टरबाट पक्राउ गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका ट्राफिक प्रहरीको टोलीले नक्कली परीक्षार्थी पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका वडा नं. ११ स्थायी ठेगाना भएका किर्तिपुर पाँगा बस्ने २१ वर्षीका युवा रहेका छन् ।

उनलाई थप अनुसन्धान र आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त गौशालामा पठाईएको जानकारी गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्