‘दोश्रो लिबर्टी सेभेन ए साइड जिल्लाव्यापी फुटबल प्रतियोगिता’ हुँदै



१६ माघ २०७६, काठमाडौं

गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित अत्तरखेलमा रहेको लिबर्टी एकेडेमीले अन्तर विद्यालय स्तरीय जिल्लाब्यापी ‘दोश्रो लिबर्टी कप सेभेन ए साइड छात्र/छात्रा फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।

माघ २४ गतेबाट शुरु हुन लागेको फुटबल प्रतियोगितामा छात्र तर्फ ३२ र छात्रातर्फ १६ विद्यालयका कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई प्रतिस्पर्धा गराइने पत्रकार सम्मेलनमा जाजकारी गराईएको थियो ।

लिबर्टी एकेडमीका प्रधानाध्यापक ओम प्रसाद ढकालले  खेलकुदको विकास विद्यालय तहबाटै शुरु हुने भएकाले फुटबल प्रतियोगिताको आयोजना गरिएको धारणा व्यक्त गरे । उनले खेलाडीलाई फुटबलमा लाग्न प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए ।

लिबर्टी एकेडेमीले विद्यार्थीहरुलाई साहित्य कला ब्यबहारिक शिक्षा र खेलकुदमा विशेष ध्यान दिंदै आएको जानकारी गराए । प्रधानाध्यापक ढकालले स्वास्थ्यको लागि खेलकुद निकै आवश्यकता पर्ने बताउँदै खेलकुदका माध्यमबाट नेपाललाई विश्वसामु चिउन सकिने धारणा व्यक्त गरे ।

कार्यक्रमका संयोजक दिनेश राइले खेल अवधीभर अनुशासित र मर्या्दित खेल बनाउनको लागि कुनै कसर बाँकी नराख्ने जाकारी गराएका छन् । उनले प्रतियोगिताको लागि फारम र आवश्यक कागजात सहित टिम दर्ता गर्न अनुरोध गर्दै माघ २२ गते सम्म टिम दर्ता गरि सक्न अनुरोध गरे ।

माघ २२ गते अपरान्ह ४ बजे लिबर्टी एकेडमीमा खेल तालिका सार्वजनिक गरिने समेत छ । खेल अत्तरखेल शिवपुरीचोक स्थितको खेलमैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्