त्रि-ज्योतिमा विभिन्न कार्यक्रम गर्दै मनाईयो सरस्वती पूजा



१६ माघ २०७६, काठमाडौं

त्रि–ज्योति माध्यमिक विद्यालयले यस वर्षको सरस्वती पूजा धुमधामका साथ मनाएको छ ।

विद्यालयले आफ्नै प्र्राङ्गणमा सरस्वती पूजासँगै विभिन्न साँस्कृतिका कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आतिथिका रुपमा रहेका सरकारका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बालबालिकाको भविष्य विद्यालयको हातमा रहेको बताउँदैे विद्यालयले गुणस्तरीय शिक्षा दिन आवश्यक रहेको बताए । गुणस्तरीय शिक्षा आजको आवश्यक्ता हो उनले भने त्यसैले हरेक बालबालिकालाई गुणस्तरिय शिक्षा प्रदान गर्नु हरेक विद्यालयको जिम्मेवारी हो ।

यस्तै विद्यालयका प्रचार्य गणेश कुमार मिश्रले त्रि–ज्योति मावि एउटा मिसन र भिजनका साथ चलेको बताउँदै नगर तथा जिल्लाको मात्र नभएर नेपालकै एउटा नमूना विद्यालय भएको धारणा व्यक्त गरे ।

विद्यालयको कोठाभित्र मात्र नभएर शिक्षामा समानता, गुणस्तरिय शिक्षामा प्रधानता साथ विद्यालय अगाडि बढेको जानकारी गराए । ज्ञान, स्नेह र नेतृत्वलाई ध्यानमा राखेर त्रि–ज्योतिले आगामी दिनमा थप सुधार गर्दै जाने प्रतिवद्धता जनाए ।

विद्यालयमा विगत सम्पन्न भएका विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने बालबालिकाहरुलाई कार्यक्रमका प्रमुख आतिथि शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर तथा अतिथिहरुद्वारा मेडल, प्रमाण–पत्रद्वारा सम्मान समेत गरिएको थियो ।

विद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रममा सरोकारवाला, राजनीतिक व्यक्तित्व, प्राज्ञिक व्यक्तित्व तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्