टिप्परको ठक्करबाट युवकको मृत्यु, प्रेमीकाले गरिन् आत्महत्या!



१५ माघ २०७६,सुर्खेत

वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतमा  टिपरले किचेर एक युवकको मृत्यु भएको हो।

गौतम चोक नजिक नोबल एकेडेमी अगाडि भे १ ख २२४० नम्बरको टिपरले भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा महावै गाउँपालिका ३ सिम्खेत निवासी २० वर्षीय केशर बहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको हो ।

सिंहको शव देख्ने वित्तिक्कै उनका प्रेमिकाले  विक्षिप्त भएर आत्महत्या गरेकी छिन् ।  प्रेमिको मृत्युको पीडा खप्न नसकेर अरुणा शाहीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

प्रत्यक्षदर्शीका अनुसार मोटर्साइकल साइड लाउन खोज्दा निकै स्पिड्मा आएको टिप्परले पछाडिबाट ठक्कर दिएर घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्