भाउजुको कुरा सुनेर आफ्नै श्रीमतीलाई जलाएर हत्या गर्ने श्रीमान पक्राउ



१३ माघ २०७६, सिराहा

सिराहामा श्रीमतीलाई जलाएर ज्यान लिने श्रीमान पक्राउ परेका छन् ।

सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका ५ मा श्रीमानले खाना पकाउँदै गरेकी श्रीमतीलाई जलाएका हुन् ।

औरही गाउँपालिकाकी २५ वर्षीया अनितादेवी यादवलाई उनकै श्रीमान विनोद यादवले जलाएका हुन्। अनिता गम्भीर घाइते भएकी उपचारको लागि विराटनगरको अस्पतालमा लगिएकी त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं ल्याए लगत्तै कीर्तिपुर अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

पछिल्लो हप्ता साउदी अरबबाट घर फर्किएका विनोदलाई भाउजु चौरासीवतीले अनिताको चरित्रको विषयमा कुरा लगाएर विनोदले श्रीमतीको ज्यान लिएको प्रहरीले जनाएको छ ।

अनितालाई जलाएर मारिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको मौखिक उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्