टर्की भूकम्पमा मर्नेको संख्या ३१ पुग्यो



१२ माघ २०७६, काठमाडौं

टर्कीको पूर्वी क्षेत्रमा शुक्रबार साँझ गएको ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३१ पुगेको उद्धारकर्मीहरुले जनाएका छन् ।

भूकम्पको केन्द्रविन्दु एलाजिग प्रान्तको सानो शहर सिभरिसमा रहेको थियो । तर भूकम्पको धक्का छिमेकी शहरहरुमा पनि महशुस गरिएको थियो ।

टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकाय (आफाड) ले ३१ जनाको मृत्यु भइसकेको पुष्टी गरेको छ । भूकम्पबाट करिब एक हजार ६०७ जना घाइते भएका छन् ।

उद्धारकर्मीहरु शनिबार र आइतबार दिनरात मानिसहरुको जीवितै उद्धारमा खटिएका थिए । आफाडका अनुसार पछिल्लो पटक ४५ जनालाई उद्धार गरिएको छ ।

भूकम्पबाट करिब ८० वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ६४५ वटा घरमा ठूलै नोक्सानी भएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले भूकम्प पीडितको उद्धार र पुनस्र्थापनाका लागि सरकारले तत्काल कदम चाल्ने बताउनुभएको छ । उहाँ शनिबार एलाजिगमा आयोजित भूकम्पबाट मृत्यु भएका एक परिवारको दाहसंस्कार कार्यक्रममा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्