नेपालमा पनि भेटियो कोरोना भाइरस



१० पुष २०७६, काठमाडौं

नेपालमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ।

चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयलले शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ।

‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ। ‘बिरामीका नजिकको सम्पर्कमा आएको हुन सक्नेहरुको खोजी गरी पहिचान र परीक्षणको काम हुँदैछ।’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्