राष्ट्रिय सभा सदस्य निर्वाचन : बागमती प्रदेशमा ९८ प्रतिशत मत खस्यो



०९ माघ २०७६, काठमाडौं

आज विहान १० बजेदेखि सुरू भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा करिब ९८ प्रतिशत मत खसिसकेको छ ।

रिक्त महिला र अन्य समूहमा तीन/तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको यस बागमती प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता छन् ।

हालसम्म स्थानीयतर्फ ११३ पूरुष र १०५ महिला गरी कुल २१८ मत खसिसकेको छ । यसैगरी प्रदेशसभातर्फ ९८ मत खसिसकेको जानकारी परिवर्तन खबरलाई प्राप्त भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बागमती प्रदेशका लागि डा. बेदुराम भुषाल र गंगा बेलवासेलाई चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्