थाहा पाउनुहोस्ः नियमित व्यायामका मानसिक फाइदा



२५ पुष २०७६,काठमाडौं

-व्यस्त जीवनशैलीका कारण अधिकांश मानिसले व्यायाममा ध्यान दिँदैनन्। यसले सबैभन्दा ठूलो असर निद्रामा पर्छ। हामी दिनभर काम गर्दा मस्तिष्क थाकिरहेको हुन्छ। यस्तो अवस्थामा कुनै शारीरिक क्रियाकलाप नगर्दा स्टोमेनिया, स्लिप डिसअर्डरलगायतका समस्या निम्तिन्छन्।

-सामान्यतया योगा, हिँडाइ, डान्स, जिम, स्विमिङ वा अन्य शारीरिक व्यायामले तपाईँको मानसिक स्वास्थ्य सुदृढ गराउँछ। मानसिक स्वास्थ्यका दृष्टिले हेभी व्यायामभन्दा पनि लाइट एक्सरसाइज नै बढी फाइदाजनक छ।

-व्यायामले तनाव कम गर्न भूमिका खेल्छ। नियमित व्यायाम गर्दा दिमागले खुसी हुने खालका हर्मोन रिलिज गर्छ।

-व्यायामले सेन्स अफ कन्ट्रोलमा ठूलो भूमिका निर्वाह गर्छ । यसले शरीर र सेन्स दुवैलाई नियन्त्रणमा राख्ने काम गर्छ।

-व्यायामले निर्णय लिने क्षमतामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ, जसलाई हामी कोपिङ भन्छौँ । यसले हरेक परिस्थितिसँग जुध्ने क्षमता पनि प्रदान गर्छ।

-हरेक मानिसको आ–आफ्नै सपना हुन्छ । कुनै लक्ष्य प्राप्तिका लागि मानिसले काम गरिरहेको हुन्छ। नियमित व्यायामले लक्ष्य प्राप्तिमा पनि अहं भूमिका खेल्छ। खासगरी अस्वस्थकर जीवनशैली, अल्छीपना, ढिलो सुत्नेरउठ्ने खालको देनिकी भएका मानिस र नियमित व्यायाम गर्ने मानिसको सोचाइमै फरक पर्न जान्छ।

-कतिपय मानिसमा अत्यन्तै क्षमता भए पनि सामाजिक हुन भने सकिरहेका हुँदैनन्। जसले जुनकुनै पेसामा पनि असर पुर्‍याउन सक्छ। व्यायाम गर्दा मानिसले सामाजिक हुन सिक्छ। खासगरी एरोबिक, जिम, डान्स वा जेसुकै गर्दा होस्, यसले मानिसलाई बिस्तारै सामाजिक रूपमा घुलमेल हुन सहयोग पुर्‍याउँछ।

-व्यायामले मसल्समा भएका तनावलाई हटाएर मानिसलाई रिल्याक्स बनाउन सघाउ पुर्‍याउँछ। मस्तिष्कले फरक–फरक अवस्थामा फरक–फरक खालकै हर्मोन रिलिज गर्छ। जस्तो कि खुसी हुँदा, दुःखी हुँदा, उत्साहित हुँदा त्यही प्रकारका हर्मोन रिलिज गर्छ। नियमित व्यायाम गर्ने मानिसको मस्तिष्कले सेरोटोनिम, इन्ड्रोफिन, सेन्ड्रोफिनजस्ता हर्मोन बढी उत्पादन गर्छ। जसले मानिसलाई पोजेटिभ र रिल्याक्स रहन सहयोग पुर्योउने गर्दछ।

-शरिरलाई मस्तिष्कले नै सञ्चालन गरिरहेको हुन्छ। मस्तिष्कले उत्पादन गर्ने हर्मोनअनुसार शरीरले प्रतिक्रिया जनाउँछ। त्यसैले मानसिक रूपमा स्वस्थ रहन नियमित व्यायामको आवश्यकता पर्छ।

प्रतिक्रिया दिनुहोस्