शहीद मैनालीको स्मृतिमा कविता प्रतियोगिता



१८ असार २०७६, काठमाडौं

शहीद सुवासचन्द्र मैनालीको १६ औं स्मृति दिवसमा शहीदको योगदान र वर्तमान समय विषयक कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

शहिद र वेपत्ता स्मृति प्रतिष्ठान नेपालको आयोजनामा भएको सामुदायिक विद्यालय स्तरिय प्रतियोगितामा जनकल्याण माविका मनिष मगरले प्रथम स्थान हात पार्न सफल भएका थिए । भने क्रमशः दोश्रो जन जाग्रिती मावि नवीन पुरी, तेस्रो ग्रामशिक्षा मन्दिर मावि उषा दाहाल र सात्वना चामुन्डा माविबाट कान्छी गमालले आफ्नो प्रतिभाको सम्मान पाए । कार्यक्रमा ७ वटा विद्यालयका १३ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

कविता प्रतियोगिताका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य मणी थापाले कार्यक्रमको सम्बोधन गर्दै जनयुद्ध सफलपार्न ग्रामीण भेगका युवाहरुको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे । उनले भने, विशेष गरी जनयुद्ध सफल पार्न गाउँका गरिव परिवार, आदिवासी र जनजातिको मूख्य भूमिका रहेको थियो यो हामीले बुझ्न आवश्यक छ ।

जनयुद्धमा शहिदले बोकेका सपना नेकपाको सरकारले साकार पार्न आवश्यक छ । विकृतिको अन्त्य गर्न कला साहित्यको मूख्य भूमिका रहेको भन्दै स्थायी कमिटी सदस्य थापाले भने समाज परिवर्तन गर्न राजनीतिले भन्दा गीत, कविता, कथा, उपन्यासमा के लेखिएको छ ? यसको आधार बलियो हुन्छ । जनतामा साहित्यले गहन भूमिका खेल्छ ।

त्यसैगरी विशेष अतिथि बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेलले समग्र देशको विकासका निम्ती शहिदले बोकेका सपना साकार पार्न आवश्यक रहेको बताए ।

शहीद सुवासचन्द्र मैनालीका दिदी रिता थपलियाले १० वर्षे जनयुद्धले समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेलेको बताउँदै शदिका सपनाहरु नेकपाको बर्तमान सरकारले साकार पार्न आवश्यक रहेको धारणा व्यक्त गरिन् । गंगा लामाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य गोविन्द भट्टराईले राखेका थिए भने संचालन उपेन्द्र तिमल्सिना र हेमा कुमारी दुलालले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्