चिसो ह्वात्तै बढ्यो, शैक्षिक संस्था बन्द



१३ पुष २०७६, काठमाडौं

लगातार बढ्दै गएको चिसो र शितलहरका कारण तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ।

चिसो बढेपछि धनुषाका शैक्षिक संस्थाहरुसमेत बन्द भएका छन्। जाडो र शितलहर अत्याधिक बढेपछि धनुषाको सम्पूर्ण विद्यालयहरुलाई पुष १८ गते शुक्रबार सम्मको लागि विदा दिइएको जिल्ला शिक्षा समन्वय समिति धनुषाले जनाएको छ।

मौसमलाई मध्यनजर गर्दै ६ दिनको लागि सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द गरिएको प्रमुख रजकले बताए। त्यस्तै धनुषामा रहेको निजी विद्यालयहरुमा समेत तीन दिनको बिदा दिने निर्णय प्याब्सन र एनप्याब्सनले गरेका छन्।

निजी विद्यालयमा भोलिदेखि बुधवारसम्मको लागि बिदा दिइएको छ। जाडो अत्याधिक बढेपछि अहिले धनुषासहित तराई मधेशको जनजीवन प्रभावित बनेको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्