प्याब्सक चौथो अधिवेशन : नयाँ नेतृत्वलाई प्रमाण-पत्र वितरण



१३ पुस २०७६, काठमाडौं

निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)को चौथो अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई प्रमाण–पत्र वितरण सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

धुलिखेलमा सम्पन्न चौथो अधिवेशनबाट गेन्द्र लामाको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई प्याब्सकका संस्थापक अध्यक्ष केदार पुडासैनी, एन प्याब्सनका केन्द्रिय निवर्तमान वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, एन प्याब्सन काठमाडौंका निवर्तमान अध्यक्ष सिपी आचार्य र एन प्याब्सन काठमाडौंका अध्यक्ष विष्णु पराजुलीले प्रमाण–पत्र सहित बधाई ज्ञापन गरेका थिए ।

काभ्रेको धुलिखेलमा भएको चौथो अधिवेशनबाट अध्यक्ष लामा सहित निर्वाचित  १५ सदस्य कार्यसमितिहरु :

अध्यक्ष : गेन्द्र लामा
उपाध्यक्ष : समिर बास्तोला
महासचिव : राजन श्रेष्ठ
उप–महासचिव : भिष्मराज  ढकाल
सचिव : दिबेस खत्री
कोषाध्यक्ष : मिन कुमार कोइराला
सह–कोषाध्यक्ष : सुदिप काफ्ले

सदस्यहरु:
लेखजंग खत्री
राजेन्द्र पुडासैनी
भोज कुमार धमला
होमलक्ष्मी गुरुङ
तेन्जिङ्ग भुटिया
राजकुमार गिरी
सन्तोष लुइटेल
अनिता गिरी

कार्यक्रमको संवोधन गर्दै संस्थापक अध्यक्ष पुडासैनीले विद्यालयहरुले एक आसपासमा भाईचाराको सम्बन्ध राख्न आवश्यक रहेको बताए । निवर्तमान अध्यक्ष सिपी आचार्यले आफुले सदैव प्याव्सकलाई साथ सहयोग दिने प्रतिवद्धता व्यक्त गर्दै सबैले मिलेर अगाडी जान आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्याब्सक अध्यक्ष गेन्द्र लामाले चौथो अधिवेशन सफलता पूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेकोमा संपुर्ण टिमलाई धन्यवाद दिए । आफ्नो नेतृत्वमा दिएको जिम्मेवारीलाई सही रुपमा सदुपयोग गर्ने बताउँदै अध्यक्ष लामा भन्छन्, ‘शिक्षकलाई तालिमको निरन्तरता, शिक्षक फुटसल कपको निरन्तरता र शिक्षक व्यक्तित्व विकास तालिममात्र नभएर आवश्यता र सल्लाह अनुसारका कार्य समेत अगाडी बढाउन तयार छु ।’

प्रतिक्रिया दिनुहोस्