पुष्पलाल मेमोरियल कलेजको स्वागत तथा बधाई कार्यक्रम सम्पन्न



११ पुस २०७६, काठमाडौं

पुष्पलाल मेमोरियल कलेजले नयाँ आगन्तुकलाई स्वागत तथा अन्तिम वर्षका विद्यार्थीहरुलाई बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

पुष्पलाल मेमोरियल कलेजले कक्षा ११, स्नातक प्रथम वर्ष र स्नात्तकोतर प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२, स्नातक र स्नात्तकोत्तर अन्तिम वर्षका विद्यार्थीहरुलाई बधाई गरेको हो ।

चाबहिल स्थित एवान पार्टी प्यालेसमा सम्पन्न स्वागत तथा बधाई कार्यक्रममा अतिरिक्त कृयाकलापका विजेतालाई पुरस्कार वितरण गरिएको थियो । त्यसैगरि पुष्पलाल मेमोरियल कलेजको व्यानर सगरमाथाको चुचुरोमा पुर्याउन सफल बिए तेस्रो वर्षमा अध्ययनरत टासी शेर्पा र अन्तर्राष्ट्रिय तेक्वान्दो खेलमा भुटानमा रजत र थाईल्याण्डमा कास्य पदक जित्न सफल बिबिएस तेस्रो वर्ष अध्ययनरत दिपक दुलाललाई प्रसंसा पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रमको संबोधन गर्दै कलेजका निर्देशक केदार पुडासैनीले पुष्पलाल कलेजमा सदैव गुणस्तरिय शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाउदै खेलकुद लगायतका विभिन्न क्रियाकलापलाई समेत विशेष जोड बताए ।

क्याम्पस प्रमुख शम्भु प्रसाद अधिकारीले पुष्पलाल कलेज समान्य वर्ग देखि उच्च वर्गसम्म सबैलाई लक्षित गरि संचालन गरिएको बताए । क्याम्पस प्रमुख अधिकारीले कक्षा ११ देखि मास्टर सम्मका पठनपाठन भएको जानकारी गराउदै हाल एमबिएस र एमएडको पढाई भएको र फर्म खुलेको समेत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्