निलिमा र योजना बनिन् ‘त्रि–ज्योति डान्सिङ स्टार सिजन–४’ (फोटो फिचर)



०९ पुस २०७६, काठमाडौं

चौथो त्रि–ज्योति डान्सिङ स्टार सिजन–४ को सिनियर टिमबाट निलिमा सुवेदी र जुनियर टिमबाट योजना धमलाले प्रथम स्थान हात पार्न सफल भएका छन् ।

आज सम्पन्न सिजन–४ को सिनियर टिमबाट कक्षा ६ मा अध्ययनरत निलिमा सुवेदी प्रथम, कक्षा ८ बाट छोटी तमाङ द्वितीय र कक्षा ६ की ज्योतिका राई तृतीय भएका छन् भने जुनियर टिमबाट कक्षा २ मा अध्ययनरत योजना धमला प्रथम, कक्षा २ कै सवाल ढकाल द्वितीय र कक्षा ३ मा अध्ययनरत प्रितिका तामाङ तृतीय भएका छन् ।

त्रि–ज्योति माविले आफ्नै विद्यालयमा अध्ययनरत कक्षा १–८ सम्मका नृत्यर्मा  सहभागी विद्यार्थीहरुका बिचबाट प्रतिस्पर्धा गराएर र कक्षा ५ देखी ८ सम्मको सिनियर विद्यार्थीहरु मध्येबाट १०५ जनालाई प्रतिस्पर्धी बनाई ती मध्येबाट सुरुमा ४४ जना र ती ४४ जना विद्यार्थी मध्येबाट टप १६ जना विद्यार्थीहरु छनौट गरी पुनःफाईनलमा छानिएका ८ जना र १–४ सम्म अध्ययनरत १०० भन्दा बढि प्रतिस्पर्धी मध्येबाट टप १६ छनौट गरि आजको अन्तिम नृत्य प्रतियोगिता आयोजना गरिएको कुरा कार्यक्रम संयोजक तथा नृत्य प्रशिक्षक किसन भूषालले परिवर्तन खबरलाई जानकारी गराएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि त्रि–ज्योति माविका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीले बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा रहेको त्रि–ज्योति माविले कक्षा कोठाको पढाईलाई मात्र नभएर विभिन्न अतिरिक्त क्रियाकलापहरुलाई समेत विशेष जोड दिएको बताए । साथै आगामी दिनमा यस्ता नृत्य कार्यक्रमहरुले निरन्तरता पाईरहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

विद्यालयका प्रचार्य गणेश कुमार मिश्रले नृत्य प्रतिको आकर्षण बढाउन एवम् बालबालिकामा रहेको प्रतिभाको वास्तविक मूल्याङ्कन गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरु आयोजना गरिदै आएको बताए छन् । साथै त्रि–ज्योति माविमा कक्षा ७ मा अध्ययनरत जेनिशा लामाले हालै बंगलादेशमा आयोजित गोजुरियो कराँते प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भई स्वर्ण पदक जित्न सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको धारणा समेत प्राचार्य मिश्रले प्रस्तुत गरेका छन् ।

डान्सिङ स्टार सिजन–४ का प्रमुख अतिथि त्रि–ज्योति माविका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदी, सभापति विद्यालयका प्राचार्य गणेश कुमार मिश्र रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहायक प्रचार्य राजिव खड्काले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्