छैटौं तारेभिर महोत्सवको तयारी शुरु



०६ पुस २०७६, काठमाडौं

काठमाडौं उपत्यकाको उत्तरी शिर शिवपुरी पर्वत श्रृङखलाको महत्वपुर्ण स्थन तारेभिरमा हरेक वर्ष माघ १ गते हुने तारेभिर महोत्सवको तयारी शुरु भएको छ ।

स्थानीय उत्पादन, कला, संस्कृती र पर्यटनको प्रवर्द्धन गर्ने उदेश्यले आयोजना हुँदै आएको महोत्सवमा स्थानीय महिला समुह, विभिन्न संघ संस्था तथा स्थानीयवासीहरुको बाक्लो सहभागीता रहने गरेकोछ । यातायात र अन्य पुर्वाधारको कमिका कारण निकै कष्ट भोग्दै आएका तारेभिर क्षेत्रका वासिन्दाहरु महोत्सवका कारण ब्यापार र पर्यटक आवागमनमा वृद्धि गर्न महोत्सवले ठुलो भुमिका निर्वाह गरेको बताउँछन् ।

तत्कालीन प्रतिनिधि सभा सदस्य तथा वर्तमान प्रदेश सभा सदस्य रामेश्वर फुँयालको पहलमा शुरु भएको महोत्सव छैटौं श्रृङखला सम्म आइपुगेको छ । पहिलो महोत्सव शुरु गर्दा तारेभिरमा पक्की सडक निर्माण गरि यातायातको ब्यवस्थापन गर्ने बताएका फुयालको पहल र वर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण राइको सक्रियतामा सडक कालोपत्रेको काम निर्माणाधिन अवस्थामा रहेको देख्न सकिन्छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले भुइ स्याउको पकेट क्षेत्र बनाउने घोषणा गरेको तारेभिर तामाङ संस्कृतिको केन्द्र पनि हो ।

काठमाडौं उपत्यकाको अन्य पर्वत श्रृङखला भन्दा विकासमा पछि परेको उत्तरी भेग तारेभिरमा आयोजना हुने महोत्सवमा यस पटक फोटो सिविर, साहित्य सिविर लगायतका रचनात्मक कार्यक्रमहरु समेत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्