बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नचलेपछि ४ लाख जरिवाना



०१ पुष २०७६, झापा

झापाको बुद्धशान्ति गाउँपालिका–२ स्थित विवाह मण्डपमा बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नचलेपछि बेहुलीको परिवारलाई बेहुलाले चार लाख रुपैयाँ जरिवाना तिरेका छन् ।

मंसिर २९ गते न्यौपाने थरकी युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो । बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने बेलामा बेहुलाको हात नचलेपछि बेहुली पक्षले विवाह अस्वीकार गरेको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जनाएका छन् ।

बेहुला पक्षले बेहुली पक्षलाई शारीरिक अपाङ्गता भएको व्यक्तिसँग झुक्याएर विवाह गरेको भन्दै विवाद उत्पन्न भएको थियो । साथै बेहुला निजी अस्पतालमा कार्यरत कर्मचारीको रुपमा रहेको तर बेहुलाले आफू डाक्टर हो भन्दै बेहुली पक्षलाई विवाहका लागि प्रस्ताव राखेको बेहुली पक्षको आरोप छ । बेहुली पक्षले विवाहका लागि गरिएको खर्चको माग दाबी गर्दै बेहुला पक्षसँग चार लाख रकम लिएको श्रोतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्