कम्प्युटर एशोसिएशन नेपाल (क्यान)को पदस्थापन कार्यक्रम सम्पन्न



२३ मंसिर २०७६, काठमाडौं

कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासघं) को तेह्रौं नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

राजधानीमा आयोजित पदस्थापन कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुले बधाई दिदैं कार्यकाल सफलताको कामना गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दिपक सुबेदीले सूचना प्रबिधीको बिकाससँगै कम्प्युटर एशोसिएशनको भूमिका पनि महत्वपूर्ण रहेको भन्दै नवनिर्वाचित कार्यसमितीले बिगतका कामहरुलाई निरन्तरता दिदै थप योजनाका साथ प्रभाबकारी भुमिका खेल्ने बिश्वास ब्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष नवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व बिज्ञान तथा प्रबिधि मन्त्री गणेश शाहले डिजिटल नेपालको फेमवर्क सरकारले निर्माण गर्ने र त्यस्कको कार्यान्वयन  गर्ने क्यानको भूमिका महत्वपुर्ण हुन्छ भन्दै यी दुबै कार्यलाइ अगाडि बडाउन आग्रह गरेका थिए ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्लले आइ टी उद्योगलाई राज्यले प्राथमिकता दिनुपर्ने कुरामा जोड दिए भने  गैरआवासीय नेपाली महासघंका उपाध्यक्ष अर्जुन श्रेष्ठले क्यान महासघंसँग सहकार्य गरेर अगाडि बढ्ने जानकारी गराएका छन् ।

नवनिर्वाचित अध्यक्ष नवराज कुँवरले क्यान निर्वाचिनमा आफूले गरेका प्रतिबद्वता पुरा गर्ने प्रतिबद्वता गरेका छन् । उनले सबैलाई मिलाएर अगाडि बढ्ने बताउँदै आफूलाई निर्वाचित गराउन सहयोग गर्ने सबैलाइ आभार ब्यक्त गरेका थिए ।

हालै सम्पन्न क्यानको महाधिबेशनले क्यान महासघंमा ३९ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्