कपन साहित्य समाजको सिर्जनात्मक लेखन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न



२३ मंसिर २०७६, काठमाडौं

कपन साहित्य समाजको आयोजनामा भएको एकदिने अन्तर विद्यालयस्तरीय सिर्जनात्मक लेखन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बूनपा १० का वडाध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्तव्य राख्दै सृजनात्मक लेखन कार्यक्रम आफ्नो वडाभित्र गर्न पाउदा खुशी व्यक्त गरेका थिए । कपन साहित्य समाजको भवनाको भाडा साहित्य सदनको बैंक खातामा जानेगरी व्यवस्था मिलाएको जानकारी गराउँदै प्रवत्ता भट्टराईले निकट भविष्यमा कार्यक्रम संचालन गर्नलाई आवश्यक साउण्ड सिस्टम वडा कार्यालयले व्यवस्थागर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रशिक्षण कार्यक्रममा बूनपा भित्रका २१ विद्यालयका ४२ जना विद्यार्थीहरु तथा विद्यालयमा नेपाली पढाउने शिक्षक शिक्षिकाहरु लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कपन संगीत सरोबरका अध्यक्ष विसु कुमार  केसीले बर्तमान समाजमा रचना र सृजना व्यक्तिको सम्पत्ति भएको बताए । विश्व परिवेशमा अमेरिकाको रचनात्मक सम्पति ११ दसमलव ७ प्रतिशत रहेको र नेपालमा पनि सिर्जनात्मक तथा रचनात्मक कार्यगर्ने उद्योगहरु संचालमा रहेकोले सिर्जनात्मक लेखन कार्यक्रमबाट व्यक्तिले आय तथा समाजले न्याय पाउने विस्वास व्यक्त गरे ।

कार्यक्रमका प्रशिक्षक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा. देवी नेपालले साहित्य वर्तमानको यात्रा भएकाले साहित्य अमर रहने बताउँदै साहित्य सृजनामा लाग्न् विद्यार्थीहरुलाई प्रेरणा दिएका थिए ।

कवि तथा समालोचक डा.रामप्रसाद ज्ञवालीले विद्यार्थीहरुलाई यो कार्यक्रममा सहभागी जनाउदा फाईदा हुने बताउदै यस किसिमको प्रशिक्षण देश तथा विदेशमा गएर दिएको तर आफ्नै गाउँ ठाउँमा पहिलो प्रशिक्षण रहेको बताए ।

कपन साहित्य समाजका अध्यक्ष गणेश मिश्रले कार्यक्रम विद्यार्थीहरुका निम्ति उपलब्धिमूलक रहेको जानकारी दिदै आगामी दिनमा समेत साहित्य समाजले यस किसिमका कार्यक्रम गर्ने प्रतिवद्धता जनाएका थिए ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० को सभाहलमा भएको सृजनात्मक लेखन तथा प्रशिक्षण कार्यक्रममामा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्