१६ औं अन्तर्राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस भव्यरुपमा सम्पन्न



१९  मंसिर २०७६, काठमडौं

‘गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवर्द्धनमा अहम भूमिका’ भन्ने नाराका साथ बूढानीलकण्ठ नगरपालिका वडा नं ८ मा १६ औं अन्तराष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रम सम्पन्न गरिएको छ ।

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अवसरमा बूनपाका विभिन्न स्वास्थ्य शाखामा मंसिर १७–२७ गते सम्मको १० दिने स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर पूर्व परीक्षण शिविर तथा अवसरमा तथा १६ औं अन्तर्राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रमको अवसरपारी बूनपा ८ मा अन्तरक्रिया र हाजिरजवाफ कार्यक्रम मनाईएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख उद्धव प्रसाद खरेलले स्वयंसेविकाले आफ्नो नगरमा ईमान्दारीपूर्वक महत्वपूर्ण काम गरेर नगरवासीमा ठुलो सहयोग गरेको बताए । नगर प्रमुख खरेलले स्वयंसेविकाहरुलाई यतिमात्र सिप तथा ज्ञानले पुरा नभएको भन्दै विभिन्न स्थानमा अवलोकन भ्रमण समेत गराउने प्रतिवद्धता जनाएका थिए ।

बूनपा ८ का वडाध्यक्ष सुमन तमाङले आफ्नो वडामा भएको स्वास्थ्य चौकीको भौतिक सम्रचना सानो भएका कारण २ कोठा थप गरि व्यवस्थापनमा गुणस्तर सहितको सुधार गर्ने बताए ।

बूनपा नर्सिङ निरीक्षक तुलसा अधिकारीले नीति तथा क्रियाकलापमा केन्द्रित भएर नहुने बताईन् । विमारी भएर मात्र उपचार गराउनु पर्छ भन्ने हाम्रो नेपाली मान्यतालाई हटाउदै निरीक्षक अधिकारीले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उचित रहेको बताईन् ।

महांकाल स्वास्थ्य चौकीका प्रमुख जीवन खतिवडाले भौतिक सम्रचना अभावको कारण सेवामा थोरै समस्या रहेको बताउदै सम्रचना व्यवस्थापन गरे चाडै यसमा सुधार ल्याउन सकिने प्रष्ट पारे ।

कार्यक्रममा बूनपा उप-प्रमुख रमा राई, बूनपा स्वास्थ्य शाखा प्रमुख कुमार प्रसाद दाहाल, माहांकाल स्वास्थ्य चौकी कार्यक्षेत्र भित्रका स्वयंसेविका स्वास्थ्यकर्मी तथा नगरवासीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्