
१८ मङ्सिर २०७६, चीन
चीनमा मजदुरको शरीरमा ७ भन्दा बढी जुका भेटिएको छ ।
झु जोन्गफा नाम गरेका ४६ बर्षका पुरुषको दिमागदेखि मृगौलासम्म जुका पुगिसकेको छ । उपचार गर्नेक्रममा अण्डा पेटसम्म पुगिसकेको छ भने रगतमार्फत् शरीरभरी फैलिसकेको पत्ता लागेको छ ।
सुँगुरको मासुमार्फत् उनको शरीरभित्र प्रवेश गरेको र यसले आफ्नो संख्या बढाइरहेको डाक्टरको भनाइ छ । यो भित्ते जुका टिनिया सोलियम संक्रमणबाट हुने रोग हो । भित्ते जुकाको लार्भा राम्रोसँग नपाकेको सुँगुरको मासुमार्फत् शरीरभित्र पुग्छ ।
ति मजुदरले एक महिनाअघि राम्रो सँग नपाकेको सुँगुरको मासु खाएको थियो । यो रोगको लक्षण अत्यधिक टाउको दुख्ने, अँध्यारो छाउने, अट्याक हुने, बिर्सनेलगायतका देखा पर्छन । एजेन्सी….





