
१८ मंसिर २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिकाद्वारा मंसिर १७–२७ गते सम्म नगरका विभिन्न स्वास्थ्य चौकीमा महिलाहरुमा हुने स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर पूर्व परीक्षण शिविर संचालन शुरु भएको छ । शिविरको उद्घाटन नगर प्रमुख उद्धव प्रसाद खरेलले गरेका थिए ।

बूनपा उपप्रमुख रमादेवी राईले नगरभित्र बसोबास गर्ने सम्पुर्ण महिलाहरुलाई यो सेवा लिन अनुरोध गर्दै एक पटक जचाएपछि ५ वर्ष सम्म ढुक्क हुने हुनाले यस सेवाबाट बन्चित नहुन सम्पुर्ण नगरका महिलाहरुमा अग्रह गरिन् ।

बूनपा स्वास्थ्य शाखा प्रमुख कुमार प्रसाद दाहालले १० दिन सम्म संचालन हुने स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर पूर्व परिक्षण शिविरमा नगर भित्रका तथा विभिन्न स्थानबाट आएर बसोबास गर्ने ३०–६० वर्ष समूहका महिलाहरुलाई सेवा दिईने समेत जानकारी गराएका थिए ।

२८ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शुरु गरिएको पूर्व परिक्षण शिविर बूढानीलकण्ठ स्वास्थ्य चौकीमा १७ र १८ गते, महांकाल स्वास्थ्य चौकीमा १९ र २० गते, चुनिखेलमा २२ गते, कपन स्वास्थ्य चौकीमा २२ र २३ गते, चपली स्वास्थ्य चौकी २६ गते र जागरण क्लबमा २७ गते संचालन हुने जानकारी नगर स्वस्थ्य संयोजक तुलसा अधिकारीले जानकारी दिईन् ।


बूढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रमको प्राविधिक सहयोग प्रिभेन्ट क्यान्सर नेपालले गरेको छ ।






