जोशीले बनाए सोसियल एप : सबै एप्स एकै ठाउँमा



१५ मंसिर २०७६, काठमाडौं

अनलाइन मार्ग मिडियाका संस्थापक अध्यक्ष हेम राज जोशीले फेसबुक, ट्वीटर, युट्युब, टिकटक, इन्स्टाग्राम, हाम्रो पात्रो, पठाओ, दराज एप लगायत विश्वचर्चित १०० भन्दा बढी एपहरु एउटै एपमा चलाउन मिल्ने गरी सोसल एप निर्माण गरी सार्वजनिक गरेका छन् ।

आइटेक नेपालको प्राविधिक सहयोगमा विकास गरिएको एप गुगल प्ले स्टोरमार्फत सार्वजनिक भईसकेको अध्यक्ष जोशीले बताए । एप तत्काललाई गुगल प्ले स्टोरमा मात्रै सार्वजनिक गरिएको र निकट भविष्यमै एप स्टोर र विन्डोजमा समेत उपलब्ध हुने उनले जानकारी गराए ।

नेपालमै पहिलोपटक यस किसिमको सोसियल एप बनेको एपका फाउण्डर जोशीले  दावी गरेका छन् । अन्य देशमा यो एपसँग मिल्दोजुल्दो केही एप बनेता पनि यो एप जस्तो पृथक एप अहिलेसम्म नबनेको उनले दावी गरे । पृथक यस मानेमा कि यो एपमा उपलब्ध भएका एप्सहरु एन्ड्रोईड मोबाईलमा डाउनलोड गरिएका छन् भने तिनै एप खुल्छन् ति एप्सहरुमा गुगल एडहरु देखिदैनन् -उनी भन्छन् ।

सोसल एप सार्वजनिक भएपछि गुगलमा यसले निकै राम्रो रेटिङ् पाईरहेको छ भने गुगल प्लेस्टोर नेपाल ट्रेन्डिङको १ नम्बर समेत ओगट्न सफल भएको छ ।

एन्ड्रोइड मोबाइलको मात्र २.६३ एमबी स्पेशमा अट्ने, १०० भन्दा बढी नेपाल र विश्वमा बहुचर्चित सामाजिक सञ्जाल र अन्य बहुउपयोगी सामग्रीका एप्सहरु चलाउन सकिने समेत उनले जोशीले जानकारी गराए । यो एउटै एपबाट चलाउन मिल्ने, निःशुल्क डाउनलोड गर्न सकिने, एउटा पनि रोडब्लक एड नराखिएको, सामान्य सञ्जाल चलाउने सर्वसाधारणदेखि प्रोफेसनल व्यक्तिहरुका लागि समेत उत्तिकै महत्वपूर्ण रहेको बताए ।

एप डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोस्ः

https://play.google.com/store/apps/details?id=com.onlinemarg.socialapp

संस्थापक हेमराज जोशीको आरोह अवरोह
बैतडीको दशरथ चन्द नगरपालिका वडा नं. ९ ग्वाल्लेकमा २०५४ भदौ १४ गते जन्मिएका  हेम राज जोशीले २०७० सालमा एसएलसी पास गरेका हुन् । प्लस टु ०७२ सालमा केदार नागार्जुन बगलेखानबाट गरेका हुन ।

सानैदेखि फरक काम गर्न रुचाउने चन्चले स्वभावका जोशी प्लस टु सकेपछि २०७३ सालमा काठमाडौंमा आएका हुन् । काठमाडौं आएपश्चात जोशीले कुनै पनि कामलाई ठूलो सानो नठानी आफूले पहिलो पटक चप्पल कारखानामा मजदुरको रुपमा काम गरेको अनुभव सुनाए ।

हाल आरआर क्याम्पसमा बिए तेश्रो वर्षमा अध्ययनरत हेमराज जोशीले पत्रकारिताको सुरुवाती चरणमा केटीएम खबर, काठमाडौं खबर, सुर्य खबर लगायतका विभिन्न अनलाईनमा काम गरेका थिए । उनी भन्छन्, ‘अनलाईनमा मात्र काम गर्दा काठमाडौंमा खान बस्नै समस्या भएपछि मैले साझ ५ देखि राती १ बजे सम्म डान्सबारमा वेटरदेखि ट्वाईलेट सफा सम्म गरे ।’

प्रतिक्रिया दिनुहोस्