सरकारद्वारा ‘राष्ट्रिय शिक्षा नीति–२०७६’ जारी



२१ कात्तिक २०७६, काठमाडौं

एक वर्षदेखिको लामो गृहकार्यपछि तयार भएको ‘राष्ट्रिय शिक्षा नीति–२०७६’  लाई सरकारले जारी गरेको छ ।  गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय पारित गरेको हो ।

बिहीबार शिक्षा मन्त्रालयमा आयोजित विशेष कार्यक्रमका बीच शिक्षामन्त्री गिरीराजमणि पोखरेलले मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी ‘राष्ट्रिय शिक्षा नीति–२०७६’ जारी गरेको हो । नीति स्वीकृत भएसँगै अवदेखि स्थानीय तहहरुले समेत आवाश्यक्ता अनुसार शिक्षक नियुक्त गर्नसक्ने बाटो खुलेको मन्त्री पोखरेलले जानकारी गराए ।

शिक्षा नीतिको १४ नम्बर बुँदामा विद्यालयहरुमा शिक्षक कमी हुने दीर्घकालीन समस्यालाई समाधान गर्न शिक्षक दरवन्दी पुनवितरण पनि शिक्षक नपुग भएमा प्रदेश सरकार तथा स्थानीय सरकारले आवश्यकताका आधारमा शिक्षक दरवन्दी मिलान गर्न सक्ने व्यवस्था मिलाइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्