प्रधानमन्त्री ओलीको फोक्सो जाँच गरिदै



१४ कार्तिक् २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे विस्तृत र विश्वसनीय आधिकारिक जानकारी उनको सचिवालय र सरकारले लुकाइरहेका बेला उनको बिहीबार पनि डायलासीस हुने संभावना छ।

स्रोतका अनुसार बुधबार आकस्मिकरुपमा डायलासिस गरिएपछि ओलीमा संक्रमण देखापरेकाले चिकित्सकले उपचार सुरु गरेको र त्यो निको भएपछि उनको बिहीबार पनि डायलासिस गर्ने योजना छ।

ओलीको फोक्सोमा पनि समस्या देखिएपश्चात जसबारे जाँच सुरु गरिएको स्रोतको दाबी छ।

१२ वर्ष अघि प्रत्यारोपित मृगौलाको दुई महिनाअघि सिंगापुरमा प्लाज्मा फेरेसिस पद्धतिबाट उपचार गरेका प्रधानमन्त्री ओलीले त्यो असफल हुँदा अर्थात रगतमा क्रेटिनाइनको मात्र बढी देखिएपछि बुधबार धापासीस्थित ग्रान्डी अस्पतालमा आकस्मिक डायलासिस गरेका थिए।

बिहान अस्पताल भर्ना भएका ओलीको साँझपख मात्रै उनलाई नियमित उपचार तथा स्वास्थ्य परीक्षणका क्रममा अस्पताल भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको र बुधबार सम्म उनी डिस्चार्ज हुने भन्दै त्यस अस्पतालकी नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष समेत रहेकी ओलीकी निजी चिकित्सक डा.प्रा दिव्या सिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेले एक प्रेस वक्तव्य जारी गरेका थिए।

तर स्रोतका अनुसार चिकित्सकहरुबिच थप उपचारबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्