स्वास्थ्यकर्मीका जायज गुनासा सकियो भन्दै रोकियो निवेदन



०१ कार्तिक २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन बिग्रेकाहरुको गुनासो सम्वन्धी निवेदन लिने क्रम आजबाट रोकिएको छ। यद्धपी उसले गम्भीर त्रुटी, बैद्य र ल्याव असिस्टेन्ट पदका गुनासो भने लिन सकिने स्पष्ट पारेको छ।

मन्त्रालयका गुनासो व्यवस्थापन एवं सहजीकरण समितिका संयोजक महेन्द्रप्रसाद श्रेष्ठले जायज गुनासा आउनेक्रम रोकिएपछि निवेदन लिन बन्द गरिएको बताए। ‘जायज गुनासा सकिए, अव आउने भनेको मेरो वारीको गाँउमा हुनुपर्ने पारिको गाँउमा पर्यो भन्ने खालका हुन्। वरिपरि नै परेकाहरुले त त्यति एडजष्ट त गर्नु पर्यो नि। त्यसैले हामीले अव निवेदन नलिने टुंगोमा पुग्यौँ,’ श्रेष्ठले भने।

उनले समायोजनका क्रममा पद तथा तह नमिलेका तथा अन्य गम्भीर त्रुटि सच्याउने काम भने नरोकिने स्पष्ट पारे।

यसअघि सामान्य प्रशासन मन्त्रालयले गुनासो सम्वोधन नगरी सूची प्रकाशित गरी सोही अनुसार समायोजन पत्र पठाउन निर्देशन दिएको थियो। सोही अनुसार स्वास्थ्यले पत्र पठाउँदा धेरैको समायोजन विग्रिएको थियो।

प्रतिक्रिया दिनुहोस्