‘चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई मुलुकबीच सम्बन्ध नयाँ युगमा’



२६ असोज २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चीनफिङको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले आज गर्नुभएको एक ट्वीट सन्देशमा चिनियाँ समकक्षीले नेपाल र नेपालीप्रति दर्शाउनुभएको अपार सद्भावका लागि हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सी राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्कनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्