
२६ असोज २०७६, काठमाडौं
राष्ट्रको लागि निःशुल्क प्राथमिक उपचार तालिम अभियान सुदुर पश्चिमका विभिन्न १२ जिल्लामा सम्पन्न भएको छ ।
चौथो चरणको तालिम असोज ५ देखि १७ गते सम्म सुदुर पश्चिमका विभिन्न दार्चुला, बैतडी, बझाङ, डडेदधुरा, डोटी दाङ लगायतका विभिन्न १२ जिल्लामा सम्पन्न भएको छ । बाँकी जिल्लामा आगामी दिनमा निरन्तरता दिने उपचार तालिमका प्रमुख प्रशिक्षक तथा सामाजिक अभियन्ता ओम उप्रेतीले परिवर्तन खबरलाई जानकारी दिएका छन् ।

विदेशमा भएको आफ्नो काम र ब्यावसाय छाडेर नेपालका विभिन्न पहाडी तथा विकट जिल्लाहरुमा स्वास्थ्य चेतना बाँडेर आखिर के पाउलान् ओम उप्रेतीले भन्ने प्रश्नमा उप्रेती भन्छन्, विदेशमा सिकेको ज्ञान नेपालका विभिन्न विकट जिल्ला तथा स्थानमा सिकाउन पाउदा आत्मसन्तुष्टी प्राप्त हुन्छ ।
निःशुल्क प्राथमिक उपचार तालिम अभियान तालिममा १६ वटा रोगहरु वा विपत्तिमा केकसरी विमारीलाई बचाएर अस्पतालसम्म पुर्याउने भन्ने बारेमा अत्याधुनिक तरिकाले व्यावहारिक तालिम दिइने प्रमुख प्रशिक्षक उप्रेतीले जनाए ।
सुदुर पश्चिमका विभिन्न जिल्लामा तालिम कार्यक्रमको संयोजन हेमन्त पौडेलले गरेका थिए भने व्यवस्थापनमा विशेष सहयोग सरु दुलालले गरेकी थिइन् ।





