अर्घाखाँचीमा भर्खरै जीप दुर्घटना तीनको मृत्यु



२० असोज २०७६, काठमाडौं

अर्घाखाँचीको नरपानीमा आज दिउँसो भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ आउँदै गरेको लु१ज ४३२९ नंको जीप दुर्घटनामा परेको हो । घटनास्थलबाट तीन जनाको शव भेटिएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताउनुभयो । मृतकको सनाखत भएको छैन ।

घटनास्थलबाट पाँच जना घाइतेलाई उपचारका लागि सन्धिखर्क ल्याउँदै गरिएको र घटनास्थलतर्फ आफूहरु जाँदै गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्