मुख्यमन्त्री राईद्वारा महान् दशैँको शुभकामना



१९ असोज २०७६, काठमाडौं

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिबार एक सन्देश दिँदै नेपालीहरुको महान् चाड बडादशैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले सबै जातजाति र धार्मिक धर्मावलम्बीहरुको साझा प्रतीकका रूपमा हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक विविधतालाई एकापसमा गाँसेर आपसी एकता र सद्भाव राखी साझा नेपाली कायम गर्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले विभिन्न जातजाति, भाषाभाषीलाई एकापसमा गाँसी सामाजिक भातृत्व कायम राखी राष्ट्रिय एकता कायम गर्न यस चाड सफल रहोस् भन्ने कामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्