दर्शनका विषयवस्तु के हुन् ? (दर्शन परिचर्चा भाग–५)



१९ असोज २०७६, काठमाडौं

दर्शनको अध्ययन गर्दा, दर्शनको छलफल गर्दा ख्याल गर्नुपर्ने अर्को विषय दर्शनमा अध्ययन गरिने विषयहरू के हुन् ? र यसको क्षेत्र के हो ? भन्ने विषय पनि हो । यसरी हेर्दा दर्शनमा अध्ययन गरिने विषय भनेको प्रकृतिसँगको मान्छेको सम्बन्ध नै हो ।

दर्शनमा अध्ययन गरिने मूल विषय भनेको प्रकृतिसँगको मानिसको सम्बन्ध हो । प्रकृतिमा मानिस बाच्छ वा मानिस अनुसार प्रकृति चल्छ । यसको क्षेत्रको कुरा गर्ने हो भने प्रकृति र मानव समाज दुईटै हो । यसले मानव उत्पति र विकासको अध्ययन गर्छ ।

प्रकृतिको उत्पति, विकास र परिस्थितिको पनि अध्ययन दर्शनले गर्छ । प्रकृृति र मानव बिचको सम्बन्ध के हो भन्ने कुराको अध्ययन गर्छ । यसको क्षेत्र भनेको सिंगो प्रकृति हो र पृथ्वीमा मानिसले जुन समाज निर्माण गरेको छ, प्रकृतिमा आधारित भएर निर्माण गरेको छ । त्यसकारणले दर्शनको क्षेत्र प्रकृति पनि हो र मानव समाज पनि हो । हरेक दर्शनमा कामका हिसाबले ३ पक्ष हुन्छन् । त्यो भनेको तत्व मिमांशा, ज्ञान मिमांशा र आचार मिमांशा । तत्व मिंमाशा भनेको जीवन र जगतको उत्पति र विकासको विषय हो ।

हरेक दर्शनले संसार कसरी उत्पन्न भयो, कसले बनायो ? यहि तर्कको विषय तत्व मिमांशामा हुन्छ । ज्ञान मिमांशामा ज्ञान केहो र कसरी प्राप्त हुन्छ ? भन्ने र ज्ञानको विकास कसरी हुन्छ, यसका आधारहरू के हुन् भन्ने विषयमा अध्ययन हुन्छ ।  यस्तै आचार मिंमाशाले हरेक दर्शनले आफ्नो अनुयायीहरूले कस्तो खालको आचार व्यवहार गर्नुपर्छ, कस्तो खालको जीवनशैली उसले अवलम्बन गर्नुपर्छ भन्ने कुरा सिकाइरहेको हुन्छ ।

यो पनि पढ्नुहोस्

दर्शन के हो ? (दर्शन परिचर्चा भाग–१)

दर्शनको प्रारम्भ कसरी भयो ? (दर्शन परिचर्चा भाग–२)

दर्शनका आधार के हुन् ? (दर्शन परिचर्चा भाग–३)

दर्शनले के काम गर्छ ? यो किन र यसको के महत्व छ ? (दर्शन परिचर्चा भाग–४)

प्रतिक्रिया दिनुहोस्