टोखाको ‘अपेन किड्स स्पार्कल डे’ सिजन १ सम्पन्न



१४ असोज २०७६, काठमाडौं

बालबालिकालाई असल संस्कार सिकाई मानवीय गुणको विकास गराउने उदेश्यकासाथ ‘अपेन किड्स स्पार्कल डे’ शिजन १ नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।

मन्टेश्वरी तथा प्रिस्कुलहरुको स्थानीय संगठन अपेन टोखाले आयोजना गरेको कार्यक्रममा टोखा नगरप्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख अधिकारीले मन्टेश्वरी भनेको बालबालिकाहरुले आफ्नो जीवनको शुरुवात गर्ने ठाउँ रहेको बताउदै त्यस किसिमका विद्यालयमा सबैले ध्यानपूर्वक अध्यापन गराउन आग्रह गरेका थिए । नगरप्रमुख अधिकारीले आफ्नो नगरभित्र शिक्षा क्षेत्रमा के-कस्तो सहयोग आवश्यक पर्छ त्यसमा पुर्ण रुपले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

अपेन टोखाका अध्यक्ष शारदा पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो नगरमा भएका मन्टेश्वरी तथा प्री स्कुललाई आफुले सक्ने सहयोग गर्ने बताउदै थप सुधारका लागि आफु प्रतिबद्ध रहेको बताईन् ।

अम्बेल किड्स स्कूलकी संचाल संगिता दवाडीको संयोजकत्वमा भएको कार्यक्रममा नगर भित्रका १४ वटा मन्टेश्वरी तथा प्रिस्कुलहरुको सहभागिता रहेको बताउदै बालबालिकाको क्षमता अनुसारको ज्ञान दिन सकेमा बालबालिकाहरुले उनीहरुको जीवनमा पूर्ण सफलता हासिल गर्न सक्ने बताईन ।

‘अपेन किड्स स्पार्कल डे’ टोखाको कार्यक्रममा विभिन्न मन्टेश्वरीका बालबालिकाहरुले आफ्नो प्रतिभालाई फरक शैलीमा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्