बाथ, मुटुरोग अनुसन्धान गर्न अक्षयकोष स्थापना



११ असोज २०७६, काठमाडौं

वरिष्ठ मुटुरोग विशेषज्ञ चिकित्सक डा प्रकाशराज रेग्मीले बालबालिकामा देखिने बाथ, मुटुरोगको अध्ययन, अनुसन्धान तथा निवारण गर्न सहयोग पुर्याउन ‘बाथ, मुटुरोग अनुसन्धान कोष’को स्थापना गर्नुभएको छ ।

नेपाल हृदयरोग निवारण केन्द्रमार्फत कोष सञ्चालन हुुने सो कोषमा उहाँले रु १० लाख प्रदान गर्नुभएको छ । कोषको रकम १० वर्षभित्र रु एक करोड पुर्याइने लक्ष्यसमेत राखिएको छ । “पछिल्लो समय नेपालमा बाथ, मुटुरोगको अवस्था बढ्दो छ । यसका बारेमा जनचेतना, अनुसन्धान र रोकथाम गर्न सामूहिक प्रयासको आवश्यकता रहेको छ । यसैलाई सहयोग गर्न कोष स्थापना गरी नयाँ कार्यको शुरुआत गरिरहेको हुँ उहाँले भन्नुभयो”, उहाँले भन्नुभयो ।

कोषको व्याजबाट प्राप्त रकम बाथ, मुटुरोगको अध्ययन, अनुसन्धान, निवारण गर्न तथा यी कार्यमा काम गर्ने व्यक्ति तथा संस्थालाई पुुरस्कृत गरिनेछ । प्रतिष्ठानका अनुसार नेपालमा एक प्रतिशत बालबालिकामा बाथ र मुटुरोगको समस्या रहेको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्