अल्जेरियाको अस्पतालमा आगलागी हुँदा आठ नवजात शिशुको मृत्यु



०८ भदौ २०७६, काठमाडौं

अल्जेरियाको पूर्वी भागको एक अस्पतालमा प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको छ।

राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार मगलबार बिहान ३ः५० बजे सो आगलागी भएको आकस्मिक सेवाले जनाए।

अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवीले एएफपी समाचार समितिलाई बताउनु भएको छ। दुर्भाग्यबस आठ शिशुको भने मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्