जब श्रीमतीले नै यौन चाहना छैन भनेपछि…



०८ असोज २०७६, काठमाडौँ

यौन मानिसको जीवनको अपरिहार्य कुरा हो । पहिले पहिले मानिसहरु यौनबारे बोल्न लजाउने र डराउने गर्थे । तर आजभोली मानिसहरु खुलेर यौनबारे बोल्न थालेका छन् । यौनबारे खुलेर बोल्नु नै राम्रो हुन्छ ।

मानिस यौनिक प्राणी भएकाले यौनको जरुरत पर्दछ । तर यौनबिना मानिस बाँच्न नै नसक्ने भने होइन । हाम्रो समाजमा अहिले पनि विवाहअघिको यौनसम्बन्धलाई राम्रो नजरले हेर्ने गरिदैन ।

तर विश्वको कुरा गर्ने हो भने विवाहअघिको यौनसम्पर्कलाई सामान्य नै मानिन्छ । विवाहअघि मानिसमा यौन चाहना नहुनु सामान्य कुरा हो । तर विवाहपछि पनि यौन चाहना नहुनाले भने समस्या निम्तन्छ ।

श्रीमान्लाई यौन चाहना भइरहने र श्रीमतीलाई यौन चाहना नहुदा समस्या पैदा हुन्छ । श्रीमानको इच्छा पुरा गर्न पनि श्रीमतीले यौन सम्पर्क राखिदिनु पर्ने सचन हाम्रो समाजमा छ ।

श्रीमतीले यौन चाहना नै छैन भनेपछि श्रीमानले शंकाको दृष्टिले हेर्ने परम्परापनि समाजमा छ । त्यसैले यौन चाहना नहुनु कुनै रोग नभए पनि विवाह पछिको यौनले विशेष महत्व राख्छ ।

त्यसैले कसरी हुन्छ, विवाहपछि श्रीमान श्रीमतीबिच सहमतीमा यौन सम्पर्क राख्नुपर्छ र एकले अर्काको भावना बुझ्नु पर्छ । यौन चाहना कम हुदैमा शंकाको दृष्टिले हेर्ने संस्कार हटाउनु पर्छ । किनकी यौन चाहना व्यक्ति व्यक्ति फरक हुनसक्छ । इच्छा वेगर गरेको यौन सम्पर्क वलात्कार हो ।

प्रतिक्रिया दिनुहोस्